Insights & Activities

Logo
दक्षिण कोरियामा ८५ थरी जागिरमा नेपाली कामदार पठाउन सरकारको अनुमति
Monday, July 14, 2025

दक्षिण कोरियामा ८५ थरी जागिरमा नेपाली कामदार पठाउन सरकारको अनुमति

    यो वर्षबाट निजी म्यानपावर व्यवसायीहरूले चार समूहका विभिन्न ८५ थरी पेशामा सीपयुक्त नेपाली श्रमिकहरूलाई दक्षिण कोरिया पठाउन मिल्ने एउटा कार्यविधि कार्यान्वयन गरिएको नेपाली अधिकारीहरूले बताएका छन्।
    असार महिनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुमोदन गरेको गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधिको तेस्रो संशोधन अघिल्लो साता कार्यान्वयनका लागि वैदेशिक रोजगार विभागलाई पठाइएको अधिकारीहरूले बताएका छन्।
    उक्त अद्यावधिक कार्यविधिमा हाल दुई सरकारहरूबीचको सहमतिका आधारमा कार्यान्वयनमा रहेको रोजगार अनुमतीपत्र प्रणाली (ईपीएस) बाहेक निजी क्षेत्रबाट व्यवसायी-व्यवसायीमार्फत 'ई-सेभन भिसा प्रणाली' अन्तर्गत विभिन्न पेशाहरूमा कामदार पठाउन सकिने उल्लेख छ।

    नेपाली म्यानपावर व्यवसायीहरूले दक्ष र सीपयुक्त कामदारहरू पठाउनसक्ने सामर्थ्य आफूहरूसँग रहेको भन्दै लामो समयदेखि कानुनी जटिलताहरू सम्बोधन गरिदिन सरकारसँग माग गर्दै आएका थिए। विशेष सीप भएका विदेशी दक्ष कामदारहरूलाई दक्षिण कोरियाले उक्त भिसा दिएर आफ्नो देशमा काम गर्ने अनुमति दिन्छ।

    नियम संशोधनपछि के हुन्छ?


    उक्त कार्यविधिको अनुसूचीमा दक्षिण कोरियाको न्याय मन्त्रालयले स्वीकृति दिएका ई-सेभन भिसामा रोजगारीका चार समूहका विभिन्न पेशाको सूची राखिएको छ र कोरियाली सरकारले अद्यावधिक गरे अनुसार उक्त सूचीकै आधारमा रोजगारीको अनुमतिपत्र जारी गरिने भनिएको छ।
    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका उपसचिव प्रविण कोइरालाले दक्षता भएका र भाषा सिकेका सीपयुक्त कामदारहरूलाई ई-सेभन भिसा अन्तर्गत रोजगारीको बाटो खुल्ने बताउँछन्।
    उनले भने, "सीपहरू भएका तर यहाँ ईपीएसमा जान नपाएकाहरूलाई सजिलो हुन्छ भनेर मन्त्रालयले कार्यविधिलाई थप परिमार्जन गरेर पठाएको हो। कतिको उमेर सकिएको हुन्छ, कोही एक चरण गएकोलाई अर्को पटक लैजाने गर्दैनन् त्यही भएर त्यसलाई हामीले सम्बोधन गर्न खोजेका छौँ।"
    उनले थपे, "पहिला रोजगारीका क्षेत्रहरू तोकिएका थिएनन् त्यही भएर कुन कुन जागिरमा जान पाइन्छ भनेर रोजगारमा जान चाहनेहरूलाई पनि थाहा नहुने परिस्थिति थियो। अहिले हामीले अनुसूचीमा चार समूहका विभिन्न पेशा राखिदिएका छौँ। श्रम विभागले भोली श्रम स्वीकृति दिँदा पनि त्यो भन्दा बाहेकको नदिने र राजदूतावासले पनि माग प्रमाणित गर्दा ती पेशा भन्दा बाहेकको माग प्रमाणित गर्दैनन्।"
    कोइरालाका अनुसार यो भिसा प्रणाली अन्तर्गत कामदार पठाउनेबारे कोरियाली सरकारसँग कुनै 'विशेष किसिमको सम्झौता' छैन। तर दक्ष तथा सीपयुक्त जनशक्तिलाई रोजगारीको अवसर प्राप्त हुने भएकाले ई-सेभन भिसा अन्तर्गत दक्षिण कोरियामा रोजगारीको लागि जाँदा राम्रो आम्दानी हुने जानकारी आफूहरूले पाएको उनले सुनाए।

    news source:-  फणीन्द्र दाहाल
    संवाददाता, बीबीसी न्यूज नेपाली

Quality and Integrity That Build Trust

Guided by skilled management and meticulous processes, we deliver recruitment solutions rooted in integrity, accuracy, and excellence.

Discover Your Next Career

30+

Experienced member

150+

Satisfied Clients

15+

Global Network

100%

Reliable and Transparent

Access Partners Pvt. Ltd., a trusted and reputed manpower recruitment agency in Nepal, officially licensed (No. 1520/074/75) by the Department of Foreign Employment, delivers ethical, results‑oriented HR solutions.